Comments Add Comment

रामपुरको भ्युटावर आन्तरिक पर्यटनको गन्तव्य बन्यो

Palpa-Rampur

२३ भदौ, काठमाडौं । जिल्लाको रामपुर नगरपालिका-८, राम्चे सामुदायिक वनमा निर्मित भ्युटावर तीन वर्षमा निर्माण कार्य सकिएको छ ।

जिल्ला वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहको झन्डै ८० लाख रुपैयाँ लगानीमा निर्मित भ्युटावर आन्तरिक पर्यटनको गन्तव्य स्थल बनेको छ ।

रामपुर क्षेत्रमा घुम्न आएका भ्युटावरमा पुगेर यस क्षेत्रको अवलोकन गर्न रुचाउने रामपुर किसानबारी गीता खनालको भनाइ छ । रामपुर नगरपालिकादेखि दक्षिणको राम्चे सामुदायिक वनमा पाँच तलाको भ्युटावरको निर्माण गरिएको थियो । भ्युटावरबाट रामपुर क्षेत्रको दृश्यावलोकन गर्न पाइने भएपछि आन्तरिक पर्यटकको भीडभाड दैनिकजसो नै हुने खनालको भनाइ छ ।

भ्युटावरमा विद्युत् लाइन जडान गरेपछि साँझको समयमा पनि टावरबाट रामपुर नगरपालिका, चापाकोट नगरपालिका, कालीगण्डकी बेँसीका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका विभिन्न स्थानकोे दृश्यावलोकन गर्न सकिने सामुदायिक वनका अध्यक्ष कृष्ण श्रेष्ठले बताए ।

राम्चे सामुदायिक वनमा निर्माण भएको भ्युटावरबाट यस क्षेत्रमा विभिन्न पर्यटक आकर्षणको गहनाको रुपमा विकास गर्नुपर्ने स्थानीयवासीको माग छ ।

सामुदायिक वनलाई व्यवस्थित गरी भ्युटावरमा पर्यटक ल्याउन सकेको अवस्थामा क्षेत्रमा नै कृषि तथा वनको अवलोकन गर्ने पर्यटक हजारौँको सङ्ख्या आकर्षण गर्न सकिने धारणा उनीहरूको रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment