Comments Add Comment

शेखरले भने-कोइराला र देउवाको भागबण्डाले कांग्रेस कार्यकर्ताको शीर निहुरियो

Dr-Shekhar-koirala२५ भदौ,बाग्लुङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ६० र ४० को भागबण्डाले कांग्रेस कार्यकर्ताको शीर झुकेको बताएका छन् ।

पार्टीमा सुशील कोइरालाको ६० प्रशित र शेरवहादुर देउवाको ४० प्रतिशत भागबण्डा तोड्ने जिम्मा अब कार्यकर्तामा आएको उनले बताए ।

नेपाली कांग्रेसले बाग्लुङमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले कार्यकर्ताले साथ दिए आगामी महाधिवेशनले यो भागबण्डा तोड्ने विश्वास व्यक्त गरे ।

कोइरालो संसदीय प्रणालीनै नेपालका लागि उत्कृष्ट रहेको भन्दै हिजो दरवारले यो व्यवस्था मास्न खोजेको र आज माओवादीले त्यहि चाहेको आरोप लगाए ।

भेलामा कांग्रेसका बाग्लुङ जिल्ला सभापति प्रकाश पौडेल,सभासद हरि खड्का,कार्यवाहक सभापती जगदिश चन्द्रउपाध्याय, मणिभद्र शर्मा, हरिप्रसाद श्रेष्ठ, महेन्द्र कडेल, चिरन्जीवी गौतम लगायतले भागबण्डा अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment