Comments Add Comment

संविधानसभाको बैठक बिहीबार बस्ने

२५ भदौ, काठमाडौं । संविधानसभाको बैठक भोलि बोलाइएको छ । व्यवस्थपिका संसदको बुधबारको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाको बैठक बिहीबार ५ बजे बोलाइएको जानकारी दिए ।

बिहीबारको बैठकमा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले सहमति तथा टुङ्गो लाग्न बाँकी विषय समेटिएको प्रतिवेदन पेश गर्नेछन् ।

सहमति भएका विषयमाहरुमा संविधानसभामा छलफल सुरु हुनेछ । विवादित विषयलाई भने सहमतिका लागि फेरि सम्वाद समितिमा पठाउने तयारी छ ।

सम्वाद समितिले प्रतिवेदनमा टुङ्गो लाग्न बाँकी विषयमा दलहरु सहमति नजिक रहेको भन्दै थप छलफल आवश्यक रहेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment