Comments Add Comment

अर्थमन्त्रीलाई विपक्षीको प्रश्नः आशिर्वाद थाप्न भारत गएको ?

२५ भदौ, काठमाडौं । संघीयतालाई थाति राखेर संविधान बनाउन सकिने अर्थमन्त्री रामशरण महतको अभिव्यक्तिप्रति एकीकृत नेकपा माओवादीसहितका विपक्षी दलहरुले व्यवस्थापिका संसदमा आपत्ति जनाएका छन् ।

संसदको बुधबार बसेको बैठकमा विपक्षी दलहरुका तर्फबाट समय लिएर बोल्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्थमन्त्रीले भारतीयसँगको भेटमा कूटनीतिक मर्यादासमेत तोडेको आरोप लगाए । ‘यहाँको आशिर्वाद चाहियो भनेर आर्शिवाद थाप्न गएको हो’ उनले भने ।

संघीयताविना संविधान लागू हुन नसक्ने भन्दै उनले महतको अभिव्यक्ति संविधान नबनाउने षड्यन्त्र भएको बताए । ‘संविधानका विषयहरु दलहरुसँग छलफल गर्नुपर्नेमा विदेशी सरकासँग गएर यो हटाइदिनुपर्‍यो, यसलाई ठेगान लगाइदिनुपर्‍यो भनेर हुन्छ ?’ यादवले प्रश्न गरे ।

भारतीय विदेशमन्त्रीसँगको भेटमा महतले दलहरुबीच सहमति हुन नसके संघीयतालाई थाती राखेर संविधान जारी गर्नुपर्ने बताएका थिए ।

केपी ओलीप्रति आपत्ति

एमाले अध्यक्ष केपी ओलीले मधेस नै छैन भनेको भन्दै फोरम अध्यक्ष यादवले आपत्ति जनाए । ओलीको नाम नलिई उनले मधेसी शब्द नै सुन्न नचाएको आरोप लगाउँदै यादवले भने-उहाँ बडो राष्ट्रवादीको नारा लगाउनुहुन्छ, जुन देशमा गयो, त्यही देशको पोशाक लगाउनुहुन्छ । बरु दौरा सुरुवाल नै लगाएर गए मलाई खुसी हुन्थ्यो ।’

संविधान निर्माणमा सघाउन विपक्षीहरु तयार रहेको तर, सरकार गम्भीर नभएको भन्दै यादवले विदेश जान नेताहरुको एयरपोर्टमा लाइनै लागेको टिप्पणी गरे ।

सरकारले सहमति गर्ने तर, कार्यान्वयन नगर्ने गरेको भन्दै उनले चारबुँदे सहमति कार्यान्वयन नभएसम्म सदन चल्न नसक्ने बताए ।
यादवले बोलेपछि विपक्षी सभासदहरुले आ-आप\mनो स्थानमा उठेर विरोध जनाए । लगत्तै संसद बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment