Comments Add Comment

फुटपाथमा व्यापार गर्न नदिए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

२५ भदौ, काठमाडौं । फुटपाथ व्यवसायीहरुले दशैं, तिहार र छठ पर्वका लागि तत्काल यथास्थानमा व्यापार व्यवसाय गर्न दिन माग गरेका छन् ।

संयुक्त स्वरोजगार व्यापार व्यवसायी समाजले बुधबार पकार सम्मेलन गरी स्वरोजगार व्यवसायीहरुलाई कानुनको छुट्टै व्यवस्था गर्नुपर्ने, सम्पूर्ण व्यवसायीलाई परिचयपत्र लागू गर्नुपर्ने, वैकल्पिक स्थानको व्यवस्था गरिनुपर्ने लगायतका ११ बुँदे माग अघि सारेको छ । भदौै २६ गतेसम्म पनि यथास्थानमा व्यापार व्यवसाय गर्न नदिए आत्मदाहसम्मको कदम चल्ने उनीहरुको चेतावनी छ ।

समाजका अध्यक्ष सुजन गिरीले सरकारले पटक-पटक आफूहरुलाई वार्ताको लागि बोलाएर खाली झूठा आश्वासन मात्रै दिएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment