Comments Add Comment

सभासद्हरुलाई अंग्रेजी भाषा पढाउने तयारी

२५ भदौ, काठमाडौं । संविधानसभा क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिले सभासद्हरुलाई अंग्रेजी भाषाको ज्ञान दिलाउन कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

मातहतको तालिम, गोष्ठी, कार्यशाला र अन्तरक्रिया व्यवस्थापन उपसमितिले दसैं पछिलगत्तै अंग्रजी भाषाको बोलाइ तथा सिकाइसम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने तयारी गरेको हो । यस्तो तालिम तथा प्रशिक्षणबाट सभासद्हरुको अन्तर्राष्ट्रिय भाषाको ज्ञान सम्बन्धमा क्षमता अभिवृद्धि भई विश्वका कतिपय संविधानमा भएका प्रावधानबारेमा जानकारी हासिल गर्न मद्दत मिल्ने विश्वास गरिएको छ ।

बैठकमा अंग्रेजी भाषाको तालिम विज्ञ सभासद् तथा सचिवालयका कर्मचारीबाटै दिने व्यवस्था गरिनुपर्नेमा सदस्यले बैठकमा जोड दिइएको छ । बैठकमा सभासद लक्ष्मी राईले आफूसँग लामो समयसम्म कलेज पढाएको अनुभव भएकाले सभासद्का लागि दिने अंग्रेजी भाषाको तालिम निःशुल्क प्रदान दिने बताइन् ।

बैठकमा सभासद्हरुले क्षमता अभिवृद्धिका लागि आवश्यक पर्ने ल्यापटप र इन्टरनेट सुविधा प्राप्त गर्ने सम्बन्धमा भइरहेको प्रगतिका बारेमा सचिवालयका पदाधिकारीसँग जानकारी लिएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment