Comments Add Comment

एमालेको प्रमुख सचेतकमा अग्नि खरेल

२५ भदौ, काठमाडौं । मन्त्रिपरिषद्बाट सभासदमा मनोनित अग्नि खरेल नेकपा एमालेको प्रमुख सचेतकमा मनोनित भएका छन् ।

Agni Kharelएमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले खरेललाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । मन्त्रिपरिषदबाट मनोनित गर्ने २६ मध्ये १७ सभासद मनोनयनमा उनी एमालेको कोटामा सभासद बनेका हुन् ।

एमाले संसदीय दलका अध्यक्ष ओलीले प्रत्यक्ष निर्वाचित सभासदलाई भन्दा मनोनित सभासदलाई प्राथमिकता दिएका छन् ।

अघिल्लो संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनित कमला पन्थी कांग्रेसको सचेतक बनेकी थिइन् ।

सर्वोच्च अदालतले भने समानुपातिक वा प्रत्यक्षमा उम्मेद्वार भएका तथा राजनीतिक दलका सदस्यलाई सभासदमा मनोनित नगर्न र मनोनित भएकाहरुलाई संसद/संविधानसभामा छुट्टै स्थानमा राख्न आदेश दिएको थियो ।

तर, दलको कोटामा सभासद बनेका अधिकांश सभासदहरु सर्वोच्चको आदेश विपरीत पार्टीबाट चुनिएका सभासदसँगै मिसिएर बस्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment