Comments Add Comment

दसैंमा अपराधी ठेगान लगाउने ठुले राईको दाबी

Sp-thule-rai

२५ भदौ, बिराटनगर । दशैं तिहार नजिकिँदै जाँदा हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न मोरङ्ग प्रहरीले जिल्लामा विषेश सुरक्षा योजना अघि सारेको बताएको छ ।

आशन्न दशैं तिहारलाई लक्षित गरी प्रहरीले जिल्लामा विषेश सुरक्षा योजना लागु गरेको केही दिन अघिमात्रै मोरङ्गका प्रहरी प्रमुख भएर आएका प्रहरी उपरीक्षक ठुले राईले बताए । बिराटनगरमा बुधबार सञ्चारकर्मीहरुसँगको परिचयात्कम कार्यक्रममा प्रहरी उपरीक्षक राईले भनेे- ‘प्रहरीको मुख्य मिसन जिल्लाको शान्ति सु-व्यवस्था कार्यम गर्ने हुनेछ । त्यसका लागि प्रहरीले कुनै कसर बाँकी राख्ने छैन ।’

अपराध नियन्त्रण, गुडागर्दी, चन्दा आतंक, हातहतियार ओसार-पसार एवं लागु औषध नियन्त्रणमा प्रहरीले योजना बनाएर काम गर्ने एसपी राईले जानकारी दिए ।

भारतसँग खुल्ला सीमाना भएकाले विभिन्न अपराध हुने गरेको पाइएकाले यस्ता नाकाका विषेश निगरानी राखिने राईले जानकारी दिए ।

मोरङ्ग प्रहरीका अनुसार विषेश सुरक्षा लागु भएसँगै संदिग्ध स्थानहरुको पहिचान गरी जिल्लाभरि ८ सय ५ जना प्रहरी परिचालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment