Comments Add Comment

सर्वपक्षीय सभाको मिति तय गर्न चार दल असफल

२६ भदौ, काठमाडौं । प्रमुख चार दलका शीर्ष नेताहरु सर्वपक्षीय राजनीतिक सभाको मिति तय गर्न असफल भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा सभाको मिति तथा कार्यविधिबारे छलफल भएपनि कुनै सहमति हुन सकेन ।

चार दलले राजनीतिक सभाको मितिबारे सहमति खोज्ने जिम्मा कार्यदललाई नै दिएको छ । कार्यदलले तीन दिन छलफल गर्दा पनि सहमति गर्न नसकेपछि शीर्ष नेताहरुको बैठक बोलाइएको थियो ।

कांग्रेस र एमाले भदौ मसान्तभित्र राजनीतिक सभा गर्ने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment