Comments Add Comment

११ वर्षपछि आफ्नै ठाउँमा गुञ्जिँदै रामकृष्ण

ramkrishna-dhakal
२६ भदाै, काठमाडौ । रामकृष्ण ढकालको गीत सुनेर रमाउनेहरुका लागि खुसीको खबर । फेरी उनको लाईभ गीत सुन्ने अवसर मिल्ने भएको छ ।
केही महिनाअघि काठमाडौको होटल याक यण्ड यतिमा कार्यक्रम प्रस्तुत गरेका ढकाल यसपालि चितवनको भरतपुरमा प्रस्तुत हुँदैछन् ।

११ वर्षअघि चितवनको नारायणी कलामन्दिरमा एकल गीत प्रस्तुत गरेका ढकालको चितवनमै एकल शो हुन लागेको दोस्रो कार्यक्रम भएपनि ‘ढकाल सुमधुर साँझ’ चाहिँ पहिलो हो । आफु हुर्किएको ठाउँमा गीत गाउन पाउँदा खुसी लागेको भन्दै ढकालले कार्यक्रमको वारेमा आफु बढी नै उत्साहित भएको बताए ।

यो एकल शोमा उनलाई गायिका रिमा गुरुङ होडाले साथ दिने भएकी छिन् भने हाँस्य कलाकारको पनि ब्यबस्था गर्दैछन् ढकाल । ‘कार्यक्रमको विचमा कमेडीका केही पिस भयो भने कार्यक्रम अझै भब्य र रोचक हुन्छ भनेर म हाँस्य कलाकारको पनि ब्यबस्था गर्दैछु ।’ ढकालले भने ।

बारामा जन्मिएका ढकाल चितवनमा हुर्किएका हुन् । त्यसकारण पनि चितवनसँग उनको भावनात्मक सम्बन्ध छ । ‘आफु हुर्किएको ठाउँ कति रमाइलो हुन्छ सोधिरहनु पर्दैन । चितवनवासीलाई गीत सुनाउनु एकदमै आतुर छु ।’ उनले भने ।

सेढाई होल्डिङको आयोजनामा असोज २४ गते भरतपुरमा रहेको होटल गार्डेनको विषेश हलमा कार्यक्रम गर्ने योजना थियो । तर, अहिले गार्डेनमै कार्यक्रम गर्ने योजनामा आयोजकहरु पुगेका छन् । ‘दर्शकहरु धेरै भएकाले गार्डेनमै कार्यक्रम गर्न लागेको जानकारी पाएको छु ।’ ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment