Comments Add Comment

पतिसँगको झगडापछि मट्टीतेल छर्केर आत्महत्याको प्रयास

२६ भदौ, गौशाला । महोत्तरीको सहसौला गाविसमा पतिसँगको झगडामा मट्टीतेल छर्केर आत्महत्याको प्रयास गर्दा एक महिलाको आधा शरीर जलेको छ ।

सहसौला गाविस-६ बस्ने जयकिशोर महराकी २३ वर्षीया पत्नी सुशीलादेवी महराले जीउमा आगो लगाएर आत्महत्याको प्रयास गर्दा निजको शरीरको धेरैजसो भाग नराम्ररी जलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गएराति घरायसी कुरालाई लिएर पतिसँग विवाद हुँदा सुशीलाले घरका सबैजना सुतेपछि आत्महत्याको प्रयास गरेकी थिइन् ।

उनले शरीरमा आगो लगाएको थाहा पाउने बित्तिकै रातिनै उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएको परिवारजनले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment