Comments Add Comment

सामुदायिक पदमार्गको भम्रणमा पर्यटकको आकर्षण

Tourist-in-nepal
२७ भदौ, म्याग्दी । म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर सञ्चालनमा ल्याइएको अन्नपूर्ण-धौलागिरि सामुदायिक पदमार्ग हुँदै भम्रणमा आउने विदेशी पर्यटकको आकर्षण बढेको छ ।

तीन वर्षदेखि इको पदमार्गका रूपमा सञ्चालनमा ल्याइएको यस पदमार्गमा भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको पदमार्गका व्यवस्थापक चित्र तिलिजा पुनले बताए ।

सामाजिक कार्यकर्ता महावीर पुनको पहल तथा लघुउद्यम विकास कार्यक्रमको आर्थिक सहयोगमा म्याग्दीका सात र पर्वतका दुई गाविसका ग्रामीण भेगलाई समेटेर सञ्चालनमा ल्याइएको पदमार्गमा जर्मन, अमेरिका, अस्ट्रेलिया, बेलायत, इजरायल, फ्रान्सलगायतका देशबाट बढी पर्यटक आउने गरेका छन् ।

पदमार्ग हुँदै देखिने धौलागिरि, अन्नपूर्ण, मनासलु, लाङटाङ लगायतका हिमालको मनोरम हिमशृङ्खला, प्राकृतिक सौन्दर्यता, मगर समुदायको रहनसहन, सामुदायिक भाव, पदमार्गमा भेटिने, चौँरीपालन, भेडा पालन लगायतले पर्यटकलाई आकर्षण गरेको व्यवस्थापक पुनले बताए ।

उनका अनुसार अघिल्लो वर्ष ३१९ जना विदेशी पर्यटकले भम्रण गरेको यो पदमार्गमा यो वर्षको अहिलेसम्म करिब १५० जना पर्यटक आइसकेका छन् । पर्यटकबाट भित्रिएको आम्दानीबाट गाउँको सामुदायिक विकास, विद्यालय, स्वास्थ्य संस्था सञ्चालन, पर्यटन पूर्वाधार निर्माणलगायतमा खर्च गरिने भएकाले पनि पर्यटक उत्साहित बन्ने गरेका छन्  ।

एक सातादेखि १० दिनसम्म पूरा गर्न सकिने पदमार्ग पिप्लेको घुमाउने तालबाट सुरु भई पर्वतको बाँसखर्क, डाँडाकटेरी हुँदै म्याग्दीको नागी, हम्पाल डाँडा, महरेडाँडा, टिकोट हुँदै खिवाङ र मोहरेडाँडा, घोरेपानी, खोप्रालेक, नारच्याङहुँदै भुरुङ तातोपानी पुगेर टुंगिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment