Comments Add Comment

एमाओवादी नेता बोगटीको निधन, पशुपति आर्यघाटमा अन्त्येष्टि

post-bahadur-bidai

३० भदौ, काठमाडौं । एमाओवादीका उपाध्यक्ष तथा पूर्वमन्त्री पोष्टबहादुर बोगटीको निधन भएको छ । हृदयघात भएपछि अस्पताल भर्ना भएका उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार विहान सात बजेर २५ मिनेट जाँदा निधन भएको हो ।

सुरुमा हृदयघात भएका उनलाई मस्तिकघात भएपछि अवस्था गम्भीर भएको थियो । उनले सोमबार नै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

यसअघि उनको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडा र खुल्लामञ्चमा राखिएको थियो ।

posta bdr  (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment