Comments Add Comment

बोगटीको मृत्युको खबरले मर्माहत भएँ -प्रधानमन्त्री कोइराला

posta bdr  (4)

३० भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी नेता पोष्टबहादुर बोगटीको मृत्युको खबरले आफू मर्माहत भएको बताएका छन् ।

कोइरालाले एक शोक वक्तव्य जारी गर्दै बोगटीको आत्माका चीर शान्तिको कामना गर्दै शोकसन्तव्ध परिवार प्रति समवेदना व्यक्त गरेका छन् ।

कोइरालाले भनेका छन्-‘बोगटीको निधनले देशलाई ठूलो क्षति पुगेको छ । उहाँ संविधान निर्माणमा सक्रिय भएर लाग्नुभएको थियो । बैठकहरुमा सक्रियता पूर्वक सहभागी हुनुहुन्थ्यो । उहाँको निधनले देश र नयाँ संविधान निर्माणको कार्यलाई नै क्षति पुर्‍याएको छ ।

प्रधानमन्त्री कोइराला बोगटीप्रति श्रद्धाञ्जली प्रकट गर्न बिहान एमाओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेका थिए भने दिउसो खुलामञ्चमा जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment