Comments Add Comment

शक्ति समूहकी सुनितालाई विश्वप्रसिद्ध सी १० अवार्ड

३० भदौ,काठमाडौं । मानव बेचबिखनबाट प्रभावित महिलाहरुको संस्था शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले अर्को विश्व प्रतिष्ठित अवार्ड पाएकी छन् ।

Sunita-danuwarएक वर्षअघिमात्र रोमन म्यागेसेसे पुरस्कार पाएकी दनुवारले यो वर्ष सी १० अवाड पाएका हुन् । मानव बेचबिखन र व्यवसायिक यौन शोषण विरुद्ध लड्ने विश्वभरबाट छानिएका १० जनामध्येमा नेपालबाट सुनिता दनुवारको नाम छनौट भएको शक्ति समूहले जनाएको छ ।

सी १० अवार्ड पाउने दनुवार पहिलो नेपाली भएकी छन् । अवार्डको आधिकारिक घोषण स्वीडेनको स्टकहोममा सोमवार गरिएको हो । पुरस्कारको राशी १० हजार अमेरिकी डलर छ ।

अवार्ड घोषणा भइरहेको बेला हाल अमेरिकामा रहेकी दनुवारले मानव बेचबिखन विरुद्धको लडाइ लड्न थप उत्साहित भएको प्रतिक्रिया दिइन् । दनुवारले अनलाइनखबरसँग भनिन्-‘शक्ति समूहले मानव बेचबिखन र आधुनिक दासता विरुद्धको लडाइ लड्ने क्रममा पाएका धेरै अन्तर्राष्ट्रिय अवार्डहरुमध्ये यो विशेष छ । यसले कमर्सियल यौन शोषण विरुद्धको हाम्रो लडाइलाई पनि सम्बोधन गरेको छ ।’

उनले मानव बेचबिखन, यौन उत्पीडन र दासता विरुद्धको संघर्षको प्रतिफलका रुपमा आफूले यो अवार्डलाई लिएको बताउदै यसलाई सबै नेपालीको सफलता भनेकी छन् ।

दनुवारले अनलाइनखबरसँग भनिन्-हाम्रो संघर्षलाई अन्तर्राष्ट्रिय समुदायले पनि सम्बोधन गरेको छ र यसले हामीलाई निरन्तर लड्न प्रेरणा दिएको छ । यो सफलता सबै नेपालीहरुको साझा सफलता हो, त्यसैले मलाई नेपाली हुनुमा गौरव छ ।

सेफियोस्टेन्बेक फ्यामिली फाउन्डेशन, वल्र्ड चाइल्डहुड फाउन्डेशन र रिच फर चेन्ज नामक तीन संस्थाले स्थापना गरेको यो अवार्ड आगामी नोभम्बर ३ मा स्टकहोममा प्रदान गरिने भएको छ ।

यसअघि शक्ति समूहकै पूर्व अध्यक्ष चरिमाया तामाङले आधुनिक दासता विरुद्धको लडाई लड्ने विश्वका एकजनालाई दिइने अमेरिकी सरकारको प्रसिद्द अवार्ड पाएकी थिइन् ।

मानव बेचबिखनबाट प्रभावित महिलाहरु आफैंले खोलेको संस्था शक्ति समूह विश्वमै उदाहरणीय मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment