Comments Add Comment

सीके राउतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

३० भदौ, काठमाडौं । सर्वोच्च अदालतले डा. सिके राउतलाई असोज ३ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

सीके राउत । तस्वीरः राउतको फेसबुक पेजबाट
सीके राउत । तस्वीरः राउतको फेसबुक पेजबाट

बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्र शम्शेर जवराको इजलासले कारण देखाउ आदेश दिएको छ ।

‘३ गते बन्दीसहित लिखित जवाफ लिएर आउनु भन्ने आदेश भएको छ’ सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले अनलाइनखबरसँग भने ।

मधेसलाई नेपालबाट अलग गर्ने माग गर्दै अभियान चलाएका राउतलाई प्रहरीले मोरङको रंगेलीबाट पक्राउ गरेको थियो । उनरुविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment