Comments Add Comment

राप्रपा नेपालले सर्वपक्षीय राजनीतिक सभा बहिस्कार गर्ने

Kamal-thapa-press-meet

३० भदौ, काठमाडौं । राप्रपा नेपालले सर्वपक्षीय राजनीतिक सभा बहिस्कार गर्ने निर्णय गरेको छ । उसले सभालाई औचित्यहिन तथा निर्रथक भनेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पत्रकार सम्मेलनन गरी मंगलबार हुने राजनीतिक सभामा आफ्नो पार्टी सहभागी नहुने बताएका हुन् ।

कांग्रेस, एमाले र एमााओवादीले संविधानसभामा रहेका अन्य दलसँग परामर्श नै नगरी सम्मेलन गर्ने निर्णय गरेको भन्दै राप्रपा नेपालले भनेको छ-‘सम्मेलनको बिषयसूची र सहभागिताका सन्दर्भमा कायम गरिएको आधार र मापदण्ड सर्वसत्तावादी, पुर्वाग्रहपूर्ण र हेपाहा छ ।’

संविधानसभालाई उपेक्षा गर्ने तथा ओझेलमा पार्ने ढंगबाट संविधानको अन्तर्वस्तुका बिषयमा समानानन्तर रुपमा सभा वा सम्मेलन गर्नु संबिधान र प्रजातन्त्रको भावना विपरित भएको राप्रपा नेपालले जनाएको छ । ‘गैरसंवैधानकि निकायमा विधि विपरित निर्णय गर्ने अनि त्यस्तो निर्णयलाई संविधानसभाले छाप लगाउनु पर्ने काम दुर्भाग्यपूर्ण हुनेछ’ विज्ञप्तिमा चनिएको छ-‘यस्तो कार्यले सार्वभौम जनताको निणर्ायकत्वलाई कुण्ठित तुल्याउने छ ।’

राप्रपा नेपालले माघ ८ भित्र संविधान निर्माण गर्ने हो भने तत्काल अन्तरिम संविधान र संबिधानसभा नियमावलीले तोकेको विधि र प्रकि्रया अनुसार निर्णय गर्नु पर्ने बताएको छ ।

संविधान निर्माणमा रचनात्मक सहयोग रहने भन्दै राप्रपा नेपालले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता जस्ता बिषयमा अन्तिम निर्णय गर्नु पुर्व जनमत संग्रह गर्न माग गरेको छ ।

तस्वीर : रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment