Comments Add Comment

कतार एयरवेजको २५ प्रतिशतसम्म छुट योजना

Quater-airways-2

३० भदौ, काठमाडौं । कतार एयरवेजले यात्रुहरुका लागि ‘द वल्र्ड इज योर’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत एयरवेजले विश्वभर रहेका आफ्ना ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुट दिने भएको छ ।

कतार एयरवेजले कतारबाट इकोनोमी र बिजनेश क्लासको उडानमा यात्रा गर्ने यात्रुहरुले कतार फर्किदा मात्र २५ प्रतिशत छुट पाउने बताएको छ । तीन दिनसम्म लागु हुने यो योजना स्थानिय समयअनुसार आज राती १२ बजेबाट सुरु भई सेप्टेम्बर १७ तारिखको २३:५९ मिनेटसम्म लागु हुनेछ ।

ग्राहकले यो तीन दिनभित्र बुकिङ गर्ने सन् २०१४ सेप्टेम्बर २१ तारिखदेखि सन् २०१५ जुन १५ तारिखसम्मको टिकटमा मात्र छुट पाउनेछन् । यात्रुहरुले कतार एयरवेजको अफिसियल वेबसाइटमा गएर टिकट बुक गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment