Comments Add Comment

संघीयतालाई बैंकजस्तै मर्ज गर्नु नपरोस् : गभर्नर खतिवडा

३० भदौ काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले धेरै वटा संघीय राज्य बनाउन नहुने बताएका छन् ।

राष्ट्र बैंकले विगतमा उदारताका नाममा बैंक तथा वित्तीय संस्थाहरुलाई जथाभावी इजाजत दिँदा समस्या आइपरेकोबाट पाठ सिकेर मुलुकले धान्न सक्ने र थोरै संघहरु निर्माण गर्नुपर्ने खतिवडाको सुझाव छ ।

‘हामी संघीय राज्य निर्माणको चरणमा छौं, यस्तो अवस्थामा राज्यले राष्ट्र बैंकबाट पाठ सिक्ने अवसर पाएको छ’ सोमबार प्रभु विकास बैंकको कार्यक्रममा खतिवडाले भने -‘राजनीतिक दलहरुलाई मुलुकले धान्न सक्ने गरी मात्रै संघहरु निर्माण गर्नुहोस् भन्ने मेरो आग्रह छ ।’

धेरैवटा संघहरु बनाउँदा त्यसको सही व्यवस्थापन गर्न कठिन हुने भएकाले त्यसले समस्या उत्पन्न गर्ने खतिवडाको भनाइ छ ।

‘हामीले त बैंक/वित्तीय संस्थाको संख्या घटाउन मर्जरको नीति अबलम्बन गरेका छौं’ उनले भने -‘आज जथाभावी संघहरुको निर्माण गर्दा भोलि बैंकजस्तै संघहरुको मर्ज गर्नुपर्ने दिन आउँछ, त्यो निकै कठिन हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment