Comments Add Comment

जंगल सफारी लजको दशैंतिहार योजना, साढे पाँच हजारमा तीन दिन सौराहा भ्रमण

Jungle-safari-lodge
३१ भदौ, सौराहा । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा रहेको जंगल सफारी लजले ‘दशैंतिहार धमाका’ योजना ल्याएको छ ।

लजले दशैंतिहारको विदामा घुम्न निस्कने आन्तरिक पर्यटकहरुलाई लक्षित गर्दै यस्तो योजना ल्याएको हो । यस योजनामा नेपालीहरु दुई रात तीन दिनको प्याकेज मात्र ५ हजार ५ सय ५५ रुपैयाँमा सौराहा घुम्न पाउनेछन् । याे शुल्क प्रतिव्यक्ती हाे ।

असोज एक गतेदेखि कार्तिक मसान्तसम्म लागु हुने यस प्याकेजमा लन्च, डीनर र ब्रेकफास्टसहित सफारी गर्न पाइने लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार पर्यटकहरुले सौराहामा हात्ती सफारी, डुङ्गा सयर, हात्ती प्रजनन केन्द्र, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन् ।

‘हामीले विदाको समयमा आन्तरिक पर्यटकलाई लक्षित गरी यो योजना ल्याएका हौं’ घिमिरेले भने- ‘पर्यटक सहुलियत मुल्यमा पूर्ण वातारणअनुकुलित कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधा पाउनका साथै सौराहाको सबै गतिविधिमा सहभागी हुन सक्नेछन् ।’

सौराहालाई लोकप्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि विभिन्न प्याकेज योजना ल्याएको पनि घिमिरेले जानकारी दिए ।

‘हामीले गत वर्ष पनि यस्तै योजना ल्याएका थियौं, सफल भयौं त्यसैले यो वर्ष पनि निरन्तरता दिंदै छौं’ घिमिरेले भने, ‘आन्तरिक पर्यटन फस्टाए हामीले पर्यटन क्षेत्रमा धेरै फड्को मार्न सक्छौं ।’

झन्डै चार वर्ष अघि नयाँ संरचनासहित सञ्चालनमा आएको यस होटेलले विभिन्न सभा गोष्ठीको लागि सेमिनार हलमा समेत यो अवधि भर छुट दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment