Comments Add Comment

तीन महिनापछि पुनः सञ्चालन भयाे गोदावरी भिलेज रिसोर्ट

Godawari-Resort
३१ भदौ, काठमाडौं । विगत तीन महिनादेखि व्यवस्थापन र मजदुरबीचको विवादका कारण बन्द रहेको गोदावरी भिलेज रिसोर्ट पुनः सञ्चालनमा आएको छ ।

यसअघि व्यवस्थापन र मजदुरबीच देखिएको विवादका विषयमा पछिल्लो पटकको सहमतीपछि रिसोर्ट सञ्चालनमा आएको गोदावरी भिलेज व्यवस्थापनले जनाएको छ ।

रिसोर्ट व्यवस्थापनले शतप्रतिशत बोनस दिने, सुत्केरी खर्च २५ सय रुपैयाँ, किरिया खर्च पनि २५ सय रुपैयाँ दिने दुई पक्षबीच सहमती भएको छ । रिसोर्ट बन्द हुँदाको तलब भने मजदुरलाई ३५ प्रतिशतमात्र उपलब्ध गराउने सहमती भएको व्यवस्थापन पक्षले जानकारी दिएको छ ।

करिव तीन महिना रिसोर्ट बन्द हुँदा ५ करोड रुपैयाँ बराबरको आम्दानी गुमएको व्यवस्थापनले गुनासो गरेेको छ ।

१८ वर्षअघि स्थापना भएको रिसोर्टमा करिब १ सय ५० जना मजदुरले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । सुविधा सम्पन्न ६९ वटा डिलक्स कोठाहरु उपलब्ध रहेको रिसोर्टमा हेल्थ क्लव, स्विमिङ पुल, मिटिङ हल, सम्मेलन हल लगायतका सुविधाहरु रहेका छन् ।

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरि खोलिएको यस रिसोर्ट मुलुकका शीर्ष राजनैतिक दलहरुको वार्ता र संवादको उपयुक्त थलोको रुपमा समेत परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment