Comments Add Comment

निगमको जहाजलाई धनगढीमा भव्य स्वागत

Nepal-Airlines-Dhangadhi
तस्वीर साैजन्य फेसबुक

२ असोज, काठमाडौं । करिव एक दशकको अन्तरालपछि धनगढी पुगेको नेपाल वायुसेवा निगमको जहाजलाई स्थानियहरुले भव्य स्वागत गरेका छन् । निगमको मोडर्न आर्क ‘एमए-६०’ जहाजले बिहीबार काठमाडौंबाट ४५ यात्रु बोकेर धनगढी पुगेको थियो ।

धनगढीका पर्यटन व्यवसायी तथा स्थानियहरुले जहाजका चालक दल सदस्यहरुलाई फुलमाला लगाएर स्वागत गरेका थिए । निगमले बिहीबारदेखि धनगढीमा नियमित उडान सुरु गरेको हो । हप्ताको तीन दिन मंगलबार, बिहीबार र शनिबार  निगमले धनगढी उडान भर्ने जनाएको छ ।

निगमले धनगढीमा नियमित उडान भर्ने भएपछि स्थानिय पर्यटन व्यवसायी तथा यात्रुहरुमा खुशीको सीमा छैन् । पर्यटन व्यववसायीहरु निगमको उडानबाट त्यस क्षेत्रमा पर्यटकहरुको पहुँच पुग्ने आशा गरेका छन् ।

त्यसो त निगमको भाडादर समेत निजी क्षेत्रका एयरलाइन्सको तुलनामा कम रहेको छ । जसले गर्दा यात्रुहरुलाई समेत राहत पुग्ने विश्वास लिइएको छ । निगमले धनगढीसम्मको एकतर्फी न्युनतम भाडादर ५ हजार ६ सय ९० रुपैयाँ कायम गरेको छ ।

निमगले धनगढीमा हप्तामा तीन उडान गर्ने निर्णय गर्नु स्वागतयोग्य रहेको बताउँदै नाट्टा फारवेष्टका माया प्रकाश भट्टले भने-‘यसलाई नियमित र व्यवस्थित भने बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment