Comments Add Comment

स्कटल्याण्डपछि अब क्याटलोनियामा जनमत संग्रह !

catalans

४ असोज, काठमाडौं ।  स्पेनको स्वायत्त क्षेत्र मध्ये एक क्याटलोनियाले क्षेत्रीय राष्ट्रपतिको पक्षमा मतदान गरेको छ । उसले स्वतन्त्रताका लागि जनमत संग्रह गरेर मानिसहरुको मत बुझ्ने हकका लागि उसले क्षेत्रीय राष्ट्रपतिको पक्षमा मत दिएको हो ।

तर, स्पेन सरकारले यो ‘परामर्श मतदान’को विरोध गरेको छ र यो विवादास्पद विषयलाई संवैधानिक अदालतमा पेश गरेको छ ।

ब्रिटेनबाट अलग हुने नहुनेबारे स्केटल्याण्डमा जनमत संग्रह भएको थियो । तर, स्कटल्याण्डको स्वतन्त्रताको विपक्षमा बहुमत आएको छ ।

यस्तै क्याटलोनियामा यस्तै मतदानको तयारी भइरहेको छ, ताकि स्पेनबाट स्वतन्त्रताका लागि ठूलो संख्यामा समर्थन मिलोस् ।

क्याटलोनियाका कानून निर्माताहरुले स्वतन्त्रताको सुझाव दिने पक्षमा १०६-२८ अन्तरले मतदान गरेका छन् । स्पेनको संवैधानिक अदालतले यसबारे मंगलबार आफ्नो फैसला सुनाउन सक्नेछ । अदालतले स्वतन्त्रतासँग जोडिएको मतदानलाई रद्द गर्न सक्ने बीबीसीले जनाएको छ ।

क्याटलोनिया स्पेनको सबैभन्दा धनी र औद्योगिक क्षेत्र हो र यो स्वतन्त्रता समर्थकको इलाका मध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment