Comments Add Comment

सहकारी ऐन परिमार्जन गर्दै छौं : रजिष्ट्रार

Sahakari

५ असोज, सिमरा । सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले सहकारी क्षेत्रका समस्याहरु समाधान गर्न सरकार गम्भिर रहेको बताएका छन् । यस क्षेत्रको नियमन र व्यवस्थापनका लागि सहकारी ऐन परिमार्जन गर्न लागेको उनको भनाई छ ।

सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको सातौं वाषिर्क साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कथित सहकारीकर्मीहरुका कारण समस्याहरु देखा परेको गुनासो गरे ।

बचत तथा ऋण सहकारी संस्थाको नियमन चुनौतिपूर्ण रहेको भन्दै उनले छुट्टै बचत तथा ऋण सहकारी ऐन ल्याएर यसको व्यवस्थापन गर्नुका साथै सहकारीको पूँजी उत्पादन र उद्योग व्यवसायका अन्य क्षेत्रहरुमा परिचालित गर्नुपर्ने बताए ।

कार्यक्रममा बोेेल्दै संस्थाका अध्यक्ष एव्म नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक कृष्ण पौडेलले सामाजिक रुपान्तरणको मुख्य मेरुदण्डको रुपमा सहकारीले काम गरिरहेको बताए ।

पौडेलले हातेमालो सहकारीले स्थापनाको ६ वर्षमा हासिल गरेको उपलव्धिलाई संस्थागत गर्दै उत्पादन र सेवाका अन्य क्षेत्रमा प्रवेश गर्ने तयारी गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment