Comments Add Comment

उदार नीतिले अर्थतन्त्रको आकार बढायो : अर्थमन्त्री

ramsaran
फाइल फाेटाे/अनलाइनखबर

८ असोज नवलपरासी । अर्थमन्त्री डा.रामशरण महतले मुलुकले उदार अर्थनीति अबलम्बन गरेका कारण अर्थतन्त्रको आकार बढेको बताएका छन् । नेपाली कांग्रेसको जनजागरण अभियानको समापनका अवसरमा आयोजजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

२०४६ को परिवर्तनपछि बजारमूखी व्यवस्था गरेकै कारण अर्थतन्त्रमा ठूलो परिवर्तन आएको अर्थमन्त्रीको दाबी छ ।

‘अर्थतन्त्रको आकार २२ बर्ष अघिको तुलनामा १६ गुणाले बढेको छ, आर्थिक र सामाजिक क्षेत्रमा ठूलो परिवर्तन आएको छ’ महतले भने -सडक सञ्जाल ७ हजार किलोमिटर रहेकोमा अहिले ६० हजार किलोमिटर पुगेको छ ।

नेपालीको औषत आयु पनि १५ बर्षले बढेको र करिब २० लाख मानिस गरिबीको रेखामाथि उक्लेको महतले बताए । ‘गरिबी ४९ प्रतिशतबाट घटेर २२ प्रतिशतमा झरेको छ’ उनले भने ।

तोक आदेशको संस्कार पूरै हटेको उनको दाबी छ । ‘टेलिफोन, खानेपानी प्राप्तिका अधिकारहरु लिन समेत तोक आदेश गराउनुपर्ने र महिनौ कुर्नुपर्ने बाध्यता थियो, अहिले डेढ करोडभन्दा बढी नेपालीका हातमा मोबाइल र फोन सेवा रहेको छ’ महतले भने ।

हरेक परिवर्तनको अगुवाई गरेको कांग्रेसले नै मूलधारको राजनीतिको नेतृत्व गरिरहेको उनको दाबी छ ।

जनयुद्धमा गएको माओवादीसमेत कांग्रेसको खुला प्रतिस्पर्धामूखी राजनीति र उदार बजारमूखी आर्थिक नीतितिर लम्किरहेको बताए । कांग्रेस समकालिन राजनीतिक पार्टीमध्येकै उत्कृष्ठ र भरोसायोग्य पार्टी भएको उनको भनाई थियो ।

‘कांग्रेसले अवलम्बन गरेको दृष्टिकोण नै विश्वको मूल दर्शन हो’ उनले भने ।

जनताको भावना अनुरुप वर्तमान सरकारले भारतसँग बिद्युत व्यापार सम्झौता गरेको र माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता गरेको उनले बताए ।

यी सम्झौताले नेपालको उर्जा क्षेत्रमा मात्र होइन, उर्जा नपाएर पर्ख र हेरको स्थितिमा रहेको उद्योग क्षेत्रको लगानी समेत बढ्ने र मुलुकले छिटै नै फड्को मार्ने विश्वास व्यक्त गरे ।

‘बिद्युतमा मात्र होइन, ठूलो लगानी हुने पर्यटन क्षेत्र र बढी रोजगारी दिन सक्ने कृषि क्षेत्रमा समेत व्याज छुट तथा अन्य अनुदानहरु दिएर यस क्षेत्रमा क्रान्ति ल्याउने तयारी गरिरहेका छौं । अव स्वदेशमै उद्योगधन्दाहरु खुल्नेछन । कृषिमा सयौं अर्बको आयात होइन, अव निर्यात गरी आम्दानी गर्न सक्नेछौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment