Comments Add Comment

उद्योगी भन्छन : सिमेन्ट उद्योगमा विदेशी लगानी चाहिँदैन

ciment-utpadak-sangh-10th-AGM
८ असोज, काठमाडौं । सिमेन्ट उत्पादक संघका अध्यष ध्रुवराज थापाले नेपालमा सिमेन्ट उद्योग आत्मनिर्भरतातर्फ उन्मुख भएकाले विदेशी लगानीको आवश्यकता नपर्ने बताएका छन् । संघको १०औं वाषिर्क साधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।

हाल ३५ भन्दा बढी साना तथा ठुला सिमेन्ट उद्योगहरु सञ्चालन भइरहेपनि नीतिगत समस्या अन्तरमन्त्रालयबीच देखिएको समन्वय अभावका कारण यो क्षेत्र बढी प्रभावित अध्यक्ष थापाले बताए । उर्जा संकट, मजदुर समस्या र लगानीमैत्री नीति तर्जुमा हुन नसक्दा दक्षिण एसियामा नेपाली सिमेन्ट सबैभन्दा महंगो भएको उनको भनाई थियो ।

सरकारले उद्योगमैत्री वातावरण सृजना गरिदिएमा तीन वर्षभित्र सिमेन्टको क्षेत्रमा नेपाल पुर्ण आत्मनिर्भर बन्ने अध्यक्ष थापाले ठोकुवा गरे ।

कार्यक्रममा उद्योगमन्त्री महेश बस्नेतले सिमेन्ट उद्योगको विकास र विस्तारका सवालमा देखिएका समस्या र चूनौती हल गर्न आफु् तयार रहेको बताए । उनले लगानीमैत्री बातावरण बन्न नसके मुलुकले चाहेको आर्थिक समृद्धि हासिल गर्न नसक्ने हुँदा उद्योग सञ्चालनमा देखिएका नीतिगत समस्या र अन्तरमन्त्रालय बिचका अवरोधलाई हटाउन आफु कटिबद्ध रहेको समेत उनले बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा उद्योग सचिव उत्तम कुमार भट्टराई लगाएका वक्ताहरुले सिमेन्टको उत्पादन त्यसको खपत र यसभित्र देखिएका समस्याका बारेमा आ-आप\mनो धारणा व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment