Comments Add Comment

भारतको मंगलयान मंगल ग्रहमा प्रवेश

Mangalyan

८ असोज, काठमाडौं । भारतीय अन्तरीक्ष एजेन्सी इसरोका उपग्रह मंगलयान मंगल ग्रहको अण्डाकार कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ ।

यो भारतको अन्तरीक्ष शोधमा एक ऐतिहासिक कदम हो । यो अभियान सफल भएसँगै भारत एकै प्रयास आफ्नो अभियान सफल पार्ने देश बनेको छ ।

भारतको मंगल अभियानको निणर्ायक चरण २४ सेप्टेम्बरको विहान यानको गति सुस्त पारेसँगै सुरु भएको थियो । यो मिसनको सफलता यही २४ मिनेटमै निर्भर थियो, यस दौरान यानमा रहेका इन्जिन चालू गरिएको थियो ।

मंगलयानबाट पृथ्वीसम्म जानकारी पठाउँन करीब साढे १२ मिनेट समय लागेको थियो । विहान ८ बजे इसरोलाई मंगलयानबाट सिग्नल प्राप्त भएको थियो ।

यो एतिहासिक क्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैंङ्ग्लोरको इसरो केन्द्रमा पुगेका थिए । उनले बैज्ञानिकहरुलाई बधाइ दिए ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ट्वीटरमा इसरोलाई बधाइ दिएको छ । यो मिसनका लागि भारतले करिब ४५० करोड भारु खर्च गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment