Comments Add Comment

‘नेपाल-भारत पारवाहन सन्धीमा सुधार आवश्यक’

NCCI-Meet

९ असोज, काठमाडौं । कोलकातास्थित बंगाल नेशनल चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिज (बीएनसीसीआई)का प्रतिनिधिमण्डलले नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीसँग भेटवार्ता गरी दुई देशबीचको आर्थिक सम्वन्धका बारेमा छलफल गरेको छ ।

बीएनसीसीआईका मेला सभापति दिवासिस दत्तको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले डिसेम्वर २६ देखि ४ जनवरीसम्म कोलकत्तामा आयोजना गरिने २७औं भारतीय औद्योगिक व्यापार मेलामा नेपाललाई विशेष सहभागिता जनाउन अनुरोध गरेको छ ।
दत्तले मेलाबारे जानकारी गराउँदै औद्योगिक मेलामा चीन, थाईल्याण्ड, घाना, अफगानिस्तान, पाकिस्तान, बंगलादेश, टर्की र इजिप्ट लगायतका राष्ट्रको सहभागिता रहने बताए ।

उनले मेलामा सम्बन्धित देशका उत्पादनको प्रचार-प्रसार, सांस्कृतिक कार्यक्रम आयोजना लगायत उद्यमी व्यवसायीहरुबीच अन्र्तक्रिया कार्यक्रम -बीटुबी) मिटिङले सम्बन्धित देशको वस्तु तथा सेवाको व्यापक प्रचार-प्रसार हुने बताए ।

फरक प्रसंगमा दत्तले नेपालले समुन्द्रपारबाट पैठारी गर्दा भारतमा लाग्दै आएको अतिरिक्त व्ययभार हटाउन सुझाव समेत दिए ।

चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले यस किसिमको मेला प्रदर्शनीले सहभागी राष्ट्रहरुको आर्थिक, सामाजिक तथा सास्कृतिक विकासमा मद्दत पुग्ने बताए ।

उनले नेपालमा पछिल्लो समयमा बन्दै गएको लगानीको वातावरणप्रति नेपालका निजी क्षेत्र आशावादी भएको बताए । श्रेष्ठले हालै भएको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण र उर्जा व्यापार सम्झौत (पिटिए) तथा उर्जा उत्पादन सम्झौता (पिडिए)ले नेपालमा लगानीको ढोका खुलेको बताउँदै उर्जालगायत पर्यटन, पूर्वाधार, कृषि, हस्तकला, शिक्षा तथा स्वास्थ्य लगायत सेवा क्षेत्रमा प्रशस्त लगानीका अवसर रहेकाले यसबाट लाभ लिन प्रतिनिधिमण्डललाई आग्रह गरे ।

श्रेष्ठले नेपाल-भारतबीच सदियौं पुरानो आर्थिक, सामाजिक तथा सास्कृति सम्वन्धको चर्चा गर्दै १९९६ को व्यापार तथा पारवाहन सन्धिमा समसामयिक सुधारको आवश्यकता औंल्याए ।

समिकारक कर (काउण्टर भ्यालिङ ड्युटिज), निजी क्षेत्रका प्रयोगशालाहरुलाई मान्यता प्राप्त नहुँदा देखिएका समस्या, गैरकर अवरोधलगायत विभिन्न सेवा शुल्कहरुले नेपाली बस्तुहरु प्रतिष्पर्धी हुन नसकेको बारेमा चर्चा गरे ।

भेटघाटान चेम्वरका द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेशकुमार अग्रवाल, कोषाध्यक्ष राजेन्द्रप्रसाद अर्याल, सचिव देवेन्द्र भक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डे, पर्शुर्राम दाहाल, सहकोषाध्यक्ष राजारत्न तुलाधरलगायत कार्यसमिति सदस्यहरुको उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment