Comments Add Comment

अष्ट्रेलियाको अग्लो हिमाल संजयले उल्टो हिँडेर चढ्ने

Sanjaya-Pandit
९ असोज, काठमाडौं । अन्तराष्ट्रिय किर्तिमानी पर्वतारोही एवम् लामो दुरीका अल्ट्रा म्याराथुन धावक संजय पण्डितले अष्ट्रेलियाको सर्वोच्च शिखर माउण्ट कोसियोज्को उल्टो हिँडेर आरोहण गर्ने घोषणा गरेका छन् ।

सिंहदरवारमा आयोजित राष्ट्रिय झण्डा हस्तान्त्रण कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् । उनलाई अर्थमन्त्री डा. रामशरण महत, सभासद हिरा वहादुर के.सी. तथा पूर्व सभासद मुक्ति प्रसाद शर्मा पण्डितले राष्ट्रिय झण्डा हस्तान्त्र तथा खादा ओडाएर शुभकामना दिएका थिए ।

सातै महादेशका सातै उच्च शिखर आरोहण गर्ने अन्तिम शिलसिलामा रहेका पण्डितले यस अघि एसियाको सर्वोच्च शिखर सगरमाथा, अफ्रिकाको उच्च शिखर माउण्ट किलिमाञ्जरो तथा युरोपको उच्च शिखर माउण्ट एलब्रुसमा सफलतापूर्वक आरोहण सम्पन्न गरिसकेका छन् ।

दक्षिण एसियाबाट सबैभन्दा कम समयमा माउण्ट किलिमञ्जरो आरोहण गर्ने, युरोपको अत्यन्त चिसो एलब्रुसको टाकुरामा अर्धनग्न भएर अन्तराष्ट्रिय किर्तिमान बनाएका पण्डितले अष्ट्रेलियाको उच्च शिखरमा उल्टो हिँडेर सफलता प्राप्त गर्ने कुरामा विश्वस्त रहेको अर्थमन्त्री डा. महतले बताए ।

सरकारले उनको आरोहणमा पूर्ण रुपमा सहयोग गर्ने आश्वासन अर्थमन्त्री महतले दिए । उनी यही नोभेम्वर १४ मा त्यसतर्फ प्रस्थान गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment