Comments Add Comment

दशैंमा राजधानीमा घ्यूकाे व्यापार बढ्याे

१० असोज काठमाडौं । भनिन्छ काठमाडौंका बासिन्दाहरु कमैमात्र घ्यू खान्छन । प्रयाप्त शारिरिक व्यायमबीना चिल्लो पद्धार्थको प्रयोगले मोटोपना लगायतका समस्या आउने भएकाले काठमाडौंबासीहरु घ्यूको उपभोग कम गर्छन भन्ने बताइन्छ ।

त्यसो त पहिले-पहिले गाउँबाट काठमाडौं आउनेहरुले आफन्तलाई मूख्य कोशेलीको रुपमा घ्यू ल्याउँथे ।  तर, आजकाल घ्यूको DDC-Dairy-Gheeकोशेली कमैमात्र ल्याइन्छ ।

तर, काठमाडौंकै नेशनल टे्रडिङ परिसरमा असोज १ गतेदेखि सञ्चालित सुपथमुल्य पसलबाट भने घ्यूको बिक्री मारामार भएको छ । नेपाल दुग्ध विकास संस्थाले दशैंलाई लक्षित गरी सुरु गरेको सुपथ मुल्य पसलबाट दैनिक औषत ६० किलो घ्यू बिक्री भइरहेको छ ।

गत वर्ष सञ्चालित सुपथ मुल्य पसलबाट एक हप्तामा दैनिक औषत ४५ किलोमात्रै घ्यू बिक्री भएको थियो ।

उक्त सुपथमुल्य पसलबाट आठ दिनमा ४ सय ३६ कलिो घ्यू ३ लाख २५ हजार रुपैयाँमा बिक्री भएको छ । संस्थानले एक किलो घ्यू ७ सय ७० रुपैयाँमा बिक्री गरिरहेको छ । यो अन्य समयभन्दा किलोमा १० रुपैयाँले कम हो ।

सो पसलबाट असोज १ गते २२ किलो मात्रै घ्यू बिक्री भएको थियो । त्यसैगरी २ गते ४१ किलो, ३ गते साढे ५६ किलो, ४ गते ३७ किलो, ५ गते ६२ किलो, ६ गते ४६ किलो, ७ गते साढे ६४ किलो र ८ गते १ सय ९ किलो घ्यू बिक्री भएको छ ।

‘घ्यू किन्न आउनेहरुको संख्या बढ्दो छ’ पसलकीमा बसेकी संस्थानकी एक कर्मचारीले अनलाइनखबरसँग भनिन् -दैनिक औषतमा २०/२५ जनाले घ्यू किनिरहेका छन् ।

एकैजनाले सातकिलोसम्म घ्यू किनेको उनले बताइन् । ‘अधिकांस त एक/डेढ किलो किनिरहका छन्’ उनले भनिन- ‘एकजनाले चाहीँ सात किलो लानुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment