Comments Add Comment

बैद्यखाना सुपथ मुल्य पसलमा ३० लाखको कारोबार

Supath-Mulya-Pasal
१० असोज काठमाडौं । दशैं र तिहारमा सर्वसाधारणलाई राहत दिने उद्देश्यले सरकारले बैद्यखानामा सञ्चालन गरेको सुपथ मुल्य पसलबाट सर्वसाधारणले ३० लाख रुपैयाँ बराबरका सामाग्री खरिद गरेका छन् ।

नेसनल ट्रेडिङ परिसर बैद्यखानामा दशैंतिहारलाई लिक्षत गरी असोज १ गतेदेखि सुपथमुल्य पसल सञ्चालन गरिएको हो ।

पसलमा नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ, खाद्य संस्थान, दुग्द विकास संस्थानलगायतको स्टल छ । उनीहरुले आफ्ना र निजी क्षेत्रद्धारा उत्पादित विभन्नि सामाग्रीहरु सुलभ मुल्यमा बिक्री गर्दै आएका छन् ।

उक्त पसलबाट दैनिक हजार जना सर्वसाधारणले सामान खरिद गर्दै आएको नेसनल ट्रेडिङका बिक्री प्रमुख राजकुमार भूजेलले अनलाइनखबरलाई जानकारी दिए ।

खाद्य संस्थान
खाद्य संस्थाले बैद्यखानामा सञ्चालित पसलबाट नौ दिनमा १७ लाख ५० हजार रुपैयाँको चामल बिक्री गरेको छ । यो सुपथमुल्य पसलबाट सर्वसाधारणले बजामुल्य भन्दा पाँच रुपैयाँ सस्तोमा चामल खरिद गर्न पाउने छन् ।

संस्थानले जापानिज चामल प्रतिकेजी ५४ रुपैयाँमा बिक्री गर्दै आएको छ । त्यसैगरी बास्मतीचामल  प्रतिकिलो ९४ रुपैयाँ, गोरखनाथ चामल किलोको ४९ रुपैयाँमा जिरा मसिनो ५३ रुपैयाँमा बिक्री गर्दै आएको छ । गहुँ भने ३३ रुपैयाँ किलोमा बिक्री गरेको छ । दैनिक ५/६ सज जना चामल किन्न आउने गरेको पसलमा रहेका संस्थाका  कर्मचारीले बताए ।

नेसनल ट्रेडिङ

नेसनल ट्रेडिङले २० देखि ७० प्रतिशतसम्म छुटमा विभिन्न इलेक्ट्रोनीक वस्तुहरुको बिक्री गर्दै आएको छ । यो सुपथमुल्य पसलबाट नौदिनमा नेसनल ट्रेडिङले ७ लाख रुपैयाँको बिक्री गरेको जनाएको छ ।

Supath-Mulya-Pasal-2

ट्रेडिङले मिल मेसिनरी सामानमा ७० प्रतिशतसम्म छुट र इलेक्ट्रोनिक्स सामानमा ४० प्रतिशत छुट दिएको जनाएको छ ।

त्यसैगरी हिमस्टारका सामानमा २ प्रतिशतच छुट, बजाजका प्रेसर कुकर, ग्यास, स्टोभ, तावामा पाँच प्रतिशत छुट, बाल्ट्राका राइस कुकर, ग्याँस सिलिन्डर, भ्याकूम क्लिनर, इलेक्ट्रोनिक ओभनमा पाँच प्रतिशत छुट, महाअन्नपूर्ण उद्योगको चामल मसला होलसेल मुल्यमा उपलब्ध गराउँदै आएको छ ।

स्वयम्भू राइस मिल चामललगायत २ प्रतिशत छुटमा, उमादेवी घरेलु उद्योग घरेलु उद्योगका मसुलामा प्रतिकिलो १० रुपैयाँ छुट, सावित्रि अरवत्ति उद्योका उत्पादनमा १० प्रतिशत कञ्चनजंघा टिस्टेटका चिया होलसेलमा बिक्री गरिएको बिक्री प्रमुख राजकुमार भुजेलले जानकारी दिए ।

त्यसैगरी भुजेलका अनुसार सिजीका राइसकुकर, भ्याकूम क्लिनर, एलइडी टिभी, हट पोट, टेवल फ्यान, रेफ्रिजेरेटर, डिफ्रिजमा १० प्रतिशतसम्म छुट दिइएको छ भने हुलास खाद्य उद्योगको चामल, दाल, पिठो र सुजी होलसेल मुल्यमा बिक्री गरिएको छ ।

दुग्ध विकास संस्थान

त्यसैगरी दुग्ध विकास संस्थानले घ्यू तथा दुग्धजन्य पद्धार्थ गरी साढे पाँच लाख रुपैयाँको कारोबार गरेको जनाएको छ । संस्थानले प्रतिकिलो घ्यूमा १० रुपैयाँ छुट दिएको छ ।

Supath-Mulya-Pasal-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment