Comments Add Comment

न्युयोर्क जाने दिन मोदीविरुद्ध अमेरिकी अदालतको ‘नोटिस’

Narendra-modi

१० असोज, काठमााडौं । अमेरिकाको संघीय अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध सन् २००२ को गुजरात दङ्गासम्वन्धी मुद्दामा समाहृवान (नोटिस) जारी गरेको छ ।

मोदी राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्न शुक्रबार न्यूयोर्क जानै लागेका बेला अमेरिकी अदालतले त्यस्तो नोटिस जारी गरेको हो । यो मुद्दा अमेरिकी संस्था अमेरिकन सेन्टर फर जस्टिस (एसीजे) र गुजरात दङ्गाका दुई पीडितले दायर गरेका थिए । सेन्टरका अनुसार मुद्दा दङ्गामा मोदीको भूमिका छ ।

समाचार एजेन्सीहरुका अनुसार यो नोटिसले अमेरिका जान लागेका मोदीलाई कुनै असर गर्ने छैन । प्रधानमन्त्रीका रुपमा अमेरिका जान लागेका मोदीले ‘डिप्लोम्याटिक इम्युनिटी’ पाउनेछन्, अर्थात उनी स्थानीय कानूनको दायर बाहिर हुन्छन् ।

मोदीविरुद्ध दायर मुद्दा २६ पृष्ठको छ, जसमा आर्थिक एवं दण्डात्मक क्षतिपूर्ति माग गरिएको छ ।

एसीजेका निर्देशक डाक्टर ब्राड्लीले मोदीविरुद्धको यो मुद्दा मानवअधिकार उल्लंघनविरुद्ध एक सन्देश भएको बताएका छन् ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment