Comments Add Comment

तमिलनाडुका मुख्यमन्त्रीलाई चार वर्ष जेल सजाय

११ असोज, काठमाडौं । बैंङ्गोरको एक विशेष अदालतले अकूत सम्पत्तिको मुद्दामा तमिलनाडुका मुख्यमन्त्री जे. लयललितालाई चार वर्ष कैद सजाय सुनाइएको छ । उनलाई १ सय करोड जरिवाना तोकिएको छ ।

jayalalitha

अदालतको फैसलापछि उनले मुख्यमन्त्री पदसँगै विधानसभा सदस्य पनि गुमाउनु पर्ने भएको छ । उनी अहिले तेस्रो पटक तमिलनाडुका मुख्यमन्त्री छिन् ।

सन् १९९६ मा को यो मुद्दामा जयललिताका साथी शशीकला, धर्मपुत्र सुधानकरन र शशीकलाकी भान्जी लाई पनि चार वर्षको जेल सजाय सुनाइएको छ । तीन अभियुक्तलाई दश करोड जरिजाना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

जयललितामाथि १८ वर्ष पहिले अधिक सम्पत्तिको मामिलामा एफआइआर दर्ता भएको थियो । यो मुद्दा दायर हुँदा उनी पहिलो पटक मुख्यमन्त्री भएकी थिइन् । लोकसभामा उनको पार्टीको ३७ सदस्य छन् ।

भ्रष्टाचारको मुद्दामा जयजलिताले यसअघि पनि राजीनामा दिनु परेको थियो । सन् १९९१ मा मुख्यमन्त्री बनेपछि जयललिताले आफ्नो स्म्पत्ति तीन करोड घोषणा गरेकी थिइन् । मुख्यमन्त्रीको रुपमा उनले मात्र एक रुपैयाँ तलबमा काम लिइन् ।

तर, उनको सम्पत्ति ६६.६ करोड भएको भन्दै अकुत सम्पत्तिको मुद्दा दायर भएको थियो ।

चेन्नई र उपनगर क्षेत्रमा थुप्रै घर, हैदराबादमा फार्म हाउस, नीलगिरीमा चिया बगान, २८ किलो सुन, ८०० किलो चाँदी, १०५०० साडी, ७५० जोर जुत्ता, ९१ घडी भएको दावी छ । यो सबै रिजर्व बैंकको बैंग्लोर शाखामा छ ।

जललिता, उनका साथी शशिकला, धर्मपुत्र सुधाकरण र शशीकलाकी भान्जी इलावर्सीले जलललिताको कालोधनबाट ३२ कम्पनी सुरु गरेको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment