Comments Add Comment

विश्व समुदाय समक्ष मोदीले गरे नेपालको प्रशंसा

modi1१२ असोज, काठमाडौं । भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले विश्व समुदाय समक्ष शान्ति र लोकतन्त्रका लागि नेपाल मोडलको प्रशंसा गरेका छन् ।

संयुक्त राष्ट्रसंघको साधारणसभालाई शनिवार राती न्यूयोर्कमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाल युद्धबाट शान्ति र लोकतन्त्रको बाटोमा अघि बढ्नु दक्षिण एशियाका लागि सुखद कुरा हो भने ।

यसअघि उनले भारत स्वतन्त्रता दिवसका अवसरमा लालकिल्लामा उभिएर नेपाल युद्धबाट बुद्धको बाटोमा हिडेको भन्दै नेपाली मोडेलको खुलेर प्रशंसा गरेका थिए ।

उनले नेपाली शान्ति र लोकतन्त्रको मोडेलका बारेमा आफूले विश्व समुदायलाई ध्यानाकर्षण गराउने बताएका थिए ।
मोदीले भारतको भविष्य छिमेकी देशसँग जोडिएको भन्दै आफू प्रधानमन्त्री भएकै दिनदेखि छिमेकी देशहरुसँग सम्बन्ध सुधार गर्न प्रयास थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment