Comments Add Comment

पेट्रोलियम पदार्थको ‘स्वचालित मूल्य प्रणाली’ लागू

१३ असोज, काठमाडौं । पेट्रोलियम पदार्थको सहज अपूर्तिका लागी सरकारले ‘स्वचालित मूल्य प्रणाली’ लागू गरेको छ । सरकारले सोमबार राती १२ बजेदेखि लागु हुने गरी स्वचालित मूल्य प्रणाली लागू गरेको हो ।

पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थि तगर्न संसदीय अध्ययन तथा सुझाव समितिले दिएको सुझाव तथा NOCविगतका विभिन्न अध्ययन प्रतिवेदन अनुसार अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार कायम हुने गरी स्वचालित मूल्य प्रणाली कायम गरिएको हो ।

स्वचालित प्रणालीको व्यवस्थासँगै अब अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यमा घटबढ हुनेछ । पेट्रोलियम पदार्थको सहज, सरल र सुव्यवस्थित ढ्रगले निरन्तर आपूर्ति एवं वितरणको व्यवस्था गर्न यस्तो व्यवस्था लागु गरेको वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले बताए ।

यो प्रणाली अवलम्वन गर्दा आम-उपभोक्तालाई पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने, मूल्य निर्धारण पारदर्शी हुने र निगमको आर्थिक सन्तुलन सुदृढ भई विवादरहित किसिमले पेट्रोलियम पदार्थको कारोबार हुने अपेक्षा गरिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा आयात हुने पेट्रोलियम पदार्थमध्ये पेट्रोल, डिजेल र मट्टतिेलको बिक्री मूल्य खरिद मूल्य बमोजिम महिनाको २ पटकसम्म समायोजन हुन सक्नेछ ।

रातीबाट लागू हुने स्वचालित मूल्य प्रणाली पश्चात हालको मूल्यमा पेट्रोलमा प्रतिलिटर १.४४ रुपैयाँ र डिजेल मट्टतिेलमा ०.२७ रुपैयाँ मूल्य कम हुने बताइएको छ ।

खाना पकाउने एलपी ग्यासको रातो र निलो रंगको सिलिण्डरको प्रयोग र वितरणसम्बन्धी आदेशमा केही संसोधन गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै मन्त्री थापाले आवश्यक संशोधन गरेपछि घरायसी प्रयोजनका लागि सहुलियत र व्यवसायीक प्रयोजनका लागि परल मूल्यमा बिक्री वितरण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment