Comments Add Comment

दुई पेट्रोलियम उत्खनन कम्पनीको इजाजत खारेज गर्दै सरकार

१३ असोज काठमाडौं । सरकारले पेट्रोलियम कम्पनी उत्खननको इजाजत पाएका दुई वटा विदेशी कम्पनीको इजाजत खारेज गर्ने भएको छ ।

सन् २०१२ मा पाएको इजाजत आगामी मन्त्रिपरिषदले खारेज गर्ने उद्योग मन्त्री महेश बस्नेतले जानकारी दिए ।

विराटनगर क्षेत्र (१० नम्बर ब्लग) मा पेट्रोलियम पद्धार्थको अन्वेषण, डि्रलिङ र उत्पादन गर्ने इजाजत पाएको अमेरिकी कम्पनी बीबीबी च्याम्पेन र राजविराज तथा जनकपुर क्षेत्र (ब्लग नम्बर ९) इजाजत पाएको इरिमेट्स एसोसिएट बिजनेस ग्रुपको इजाजत खारेज गर्ने भएको हो ।

उनीहरुले इजाजत लिएर काम नगरिबसेकाले खारेजीको प्रस्ताव गर्दै मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको बस्नेतले जानकारी दिए । लाइसन्स होल्ड गरेर बसेका अन्य केही कम्पनीको इजाजत खारेजीका सम्बन्धमा पनि गृहकार्य भइरहेको बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment