Comments Add Comment

चीनमा सामाजिक सञ्जालमा हङकङको आन्दोलनबारे बहस गर्न नपाइने

१३ असोज, काठमाडौं । चीनले हङकङमा भइरहेको लोकतन्त्र समर्थकहरुको आन्दोलनमा बाहिर हस्तक्षेप अस्वीकार्य हुने बताएको छ । हङकङमा भइरहेको आन्दोलन गैरकानुनी भएको उसले बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी चीनको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेपको विरोध गर्ने बताएको छ ।

चीनले हङकङमा भइरहेको प्रदर्शनबारे सामाजिक सञ्जालमा बहस गर्न प्रतिवन्ध समेत लगाएको छ ।

सन् २०१७ मा हुने चुनाव लोकतान्त्रिक हुनु पर्ने भन्दै हङकङमा प्रदर्शन हुँदै आएको छ । उनीहरुले चुनावका लागि उमेदवार छान्ने चिनियाँ योजनाको विरोध गरेका छन् ।

सरकारी कार्यालय अगाडि जम्मा भएर प्रदर्शन गरिरहेकाहरुलाई हटाउन प्रहरीले आँसु ग्यास प्रहार गरेको छ ।

तर, प्रदर्शन रोकिएको छैन । प्रदर्शनका कारण बैंक र स्कुल बन्द भएको छ भने यातायातमा असर परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment