Comments Add Comment

माइकल फ्लेप्स ६ महिनाका लागि निलम्बित

Michael-Phelps

२१ असोज, काठमाडौं । ओलम्पिकका सर्वाधिक स्वर्ण विजेता पौडीबाज माइकल फ्लेप्स ६ महिना निलम्बनमा परेका छन् ।

अमेरिकी पौडी संघले उनलाई ६ महिनासम्म कुनै पनि पौडी प्रतियोगितामा भाग लिन रोक लगाएको हो ।

नशामा गाडी चलाएको अभियोगमा उनीमाथि यो कारबाही भएको हो ।  फ्लेप्सले संगठनको आचार संहिता उल्लंघन गरेको संघले बताएको छ ।

फ्लेप्स ३० सेप्टेम्बरमा बाल्टीमोरमा १३५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा गाडी चलाउँदा पक्राउ गरेका थिए ।

यसअघि २००४ मा पनि नशामा गाडी चलाउँदा उनीमाथि १८ महिनासम्म सवारी चलाउन प्रतिवन्ध लागेको थियो ।

२९ वर्षका फ्लेप्स केही समयका लागि पौडीबाट अवकास लिएका छन् । उनले २०१५ मा रुपमा हुने विश्व च्याम्पियनसीपमा भाग लिने छैनन् ।

माइकल फ्लेप्सले २००४ देखि २०१२ सम्मको ओलम्पिकमा १८ स्वर्णसहित २२ पदक जितेर कीर्तिमान बनाएका छन् ।

लण्डन ओलम्पिकपछि उनले सन्यासको घोषणा गरेका थिए । तर, अप्रिलमा फेरि पुनरागमनको घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment