Comments Add Comment

संविधान निर्माणको माग गर्दै मेची-महाकाली यात्रा

२२ असोज, झापा । तोकिएकै समयमा संविधान निर्माणको माग गर्दै झापाको कनकाई नगरपालिका-३ सुरुङ्गाका ६२ वर्षका पण्डित हरिप्रसाद तिम्सिना मेची-महाकाली पैदल यात्रामा निस्किएका छन् ।

संविधान निर्माणमा अझै पनि प्रशस्त शङ्काउपशङ्का रहेकाले त्यसलाई निराकरण गर्न खबरदारी अभियानका लागि कनकाईमाई र पशुपतिनाथको आशीर्वादसहित झापावासीका तर्फबाट राष्ट्रप्रेमको सन्देश प्रवाह गर्दै आफूले मेची-महाकाली पैदलयात्रा सुरु गरेको पण्डित तिम्सिनाले बताए ।

मेचीपुलबाट सुरु गरिएको पैदल यात्रा आगामी कात्तिक १८ गतेसम्ममा महाकाली नदीमा पुगेर टुङ्ग्याइने छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment