Comments Add Comment

लेक लागेर एक विदेशीसहित दुईजनाको मृत्यु

२२ असोज, सोलुखुम्बु । लेक लाग्दा सोलुखुम्बुको खुम्जुङमा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान एक विदेशी पर्यटकको मृत्यु भएको छ ।
५० वर्षका ब्रिटिस नागरिकको खुम्जुङ-७ फेरुचेमा रहेको होटल फेम्लीमा मृत्यु भएको हो । वेल्जिङ डेब्रा नाम रहेकी उनी सगरमाथा आधार शिविर पुगेर फर्केको प्रहरीले जनाएको छ ।
मङ्गलबार बेलुकी होटल आइपुगेकी वेल्जिङ गु्रपसँगै होटलमा बसेको भए पनि बिहान सुतेकै ठाउँमा मृत भेटिएको हो । वेल्जिङको शवपरीक्षणका लागि काठमाडाैं लगिएको छ । मेरापिक आधार शिविरमा लेक लागेकै कारण सोलुखुम्बु छेस्कामका हर्कराज राईको पनि गत बिहीबार मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment