Comments Add Comment

एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली छाड्न तयार : रावल

२२ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको अडान छाड्न तयार रहेको बताएका छन् ।

bhim-rawalमाघ ८ गतेभित्रै संविधान जारी गर्ने शर्तमा संसदबाट निर्वाचित प्रधानमन्त्रीय प्रणाली स्विकार्न तयार रहेको उनले बताए ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा एमाले उपाध्यक्ष रावलले संघियतामा ७ प्रदेश एमालेको प्रस्ताव भएको बताए । समावेशीता र समानुपातिकको नाममा जातीय राज्य बनाएर द्वन्द्व भित्राउन नहुने उनको भनाइ थियो ।

एमाओवादीले शासकीय स्वरुपमा लचिलो हुन्छौं भन्दै राज्य पुनःसंरचनमा लचिलो हुन प्रस्ताव गरेको भन्दै उनले हामीहरु पनि राज्य पुनःसरंचनमा तपाईहरु लचिलो हुनुस्, शासकीय स्वरुपमा हामी लचिलो हुन्छौं भनेर किन नभन्ने भनि प्रश्न गरे ।

एमालेका उपाध्यक्ष रावलले सहमति नभए प्रक्रियाबाट भए पनि संविधान जारी गर्नु पर्ने बताए । उनले आन्दोलनको नाममा एमाओवादीसहितका दलहरु सहमतिबाट भाग्न खोजेको आरोप लगाए ।

कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसीले एमाओवादीसहित २२ दलीय मोर्चाले आन्दोलनको घोषणा गरेर सहमतिको राजनीति विथोल्ने षड्यन्त्र गरेको दावी गरे ।

एकल जातीय पहिचानसहितको संघीयता स्वीकार्य नहुने भन्दै उनले सबैको अपनत्व हुने खालको संघीयता बनाउनु पर्नेमा जोड दिए ।

केसीले जनसंख्याको आधारमा संघीयता बनाउने भए पहाडमा ५ र तराईमा ४ प्रदेश गरी नौ प्रदेश बनाउने वा विकास क्षेत्रलाई आधार मानेर उत्तर-दक्षिण खुल्ला राखेर पाँच प्रदेश बनाउन पनि आफुहरु तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment