Comments Add Comment

मध्यपश्चिमका बाढी पीडितलाई एनआरएनको २३ लाख सहयोग

Nrn help

बाढीपहिरोबाट जनधनको क्षति ब्यहोरेका मध्यपश्चिम क्षेत्रका बाढी पीडितलाई गैरआवासीय नेपाली संघले नगद राहत उपलब्ध गराएको छ ।

गैरआवासीय नेपाली संघको आह्वानमा बिश्वभर छरिएर रहेका एनआरएनहरुले संकलन गरेको २३ लाख ८६ हजार ५ सय ६२ रुपैयाँ बाँके जिल्ला दैवीप्रकोप समितिलाई हस्तान्तरण गरिएको हो । ‘लायन्स क्लव अफ काठमाण्डौं इन्टिलिजेन्स’को सहकार्यमा गैरआवासीय नेपाली संघले सो रकम हस्तान्तरण गरेको हो ।

सोमबार नेपालगंजमा आयोजित एक कार्यक्रममा संघका प्रतिनिधि सोम सापकोटा र लायन्स क्लवका अध्यक्ष सन्तोष खतिवडाले सो रकम बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी गुञ्जबहादुर एमसीलाई हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण गरिएको रकम बाँके, बर्दिया र सुर्खेतका बाढी पीडितसम्म पुग्ने गरी वितरण गरिने प्रमुख जिल्ला अधिकारी एमसीले बताउनुभयो । पीडित नेपाली दाजुभाईको दुःखमा साथ दिएकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरुप्रति उहाँले अभार प्रकट गर्नुभयो  ।

सो अवसरमा बाँके क्षेत्र नं. १ र २ का सभासद देवराज भार, दिनेशचन्द्र यादव तथा जिल्ला दैविप्रकोप उद्दार समिति अन्तरगतका विभिन्न कलष्टर प्रमुखहरुको पनि उपस्थिति थियो ।

गैरआवासीय नेपाली संघका प्रतिनिधि सापकोटाले तीनै जिल्लामा दामासहीका अधारमा पुग्ने गरी रकम बितरण गरिदिन प्रमुख जिल्ला अधिकारी र राहत समितिलाई आग्रह गर्नुभयो ।

क्लव अध्यक्ष सन्तोष खतिवडाले लायन्स क्लव अफ काठमाण्डौ इन्टिलिजेन्सले मध्यपश्चिमका बाढीपिडीतलाई राहत पुर्‍याउन निरन्तर खटिइरहेको जानकारी दिँदै आगामी दिनमा पनि लायन्स क्लव सहयोगका लागि तत्पर रहेको बताउनुभयो ।

गैरआवासीय नेपाली संघले हरेक बर्ष बाढीपीडित नेपालीहरुको सहयोगका लागि राहत संकलन गरी बितरण गर्दै आएको छ । यो बर्ष सुनकोसी र पश्चिम नेपालका बाढीपीडितका लागि संकलन गरिएको झण्डै ६० लाख रुपैयाँ पिडीतसमक्ष पुग्नेगरी वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment