Comments Add Comment

कुपोषणविरुद्ध अभियान चलाउन आमिर खान पुगे कपिलवस्तु (भिडियोसहित)

Aamir-in-kapilbastu-1

२२ असोज, काठमाडौं । कुपोषणविरुद्ध अभियान चलाउन बलिउड चर्चित अभिनेता आमिर खान बुधबार कपिलवस्तु पुगेका छन् ।

सामाजिक अभियान्ताको रुपमा समेत परिचत आमिर यूनिसेफको पोषण दूत बनेर कपिलबस्तुको पकडी पुगेका हुन् । पकडी स्वास्थ्य चौकीमा भएको कार्यक्रममा उनले साना बालबालिका लिएर आएका महिलाहरुसँग झण्डै एक घन्टा बसे ।

उनले पाकडी ६ सेमरउटीमा आमा समूह र महिला स्वयंमसेविकाको कुपोषित बालबालिकाको उपचार गर्ने तरिका अबलोकन गरे भने एक गर्भवती महिलालाई भेटेर कुराकानी पनि गरे ।

Aamir-in-kapilbastu

उनले सहभागीहरुलाई महिला गर्भवती भएपछिको एक हजार दिनमा महिलाको पोषण र बच्चा जन्मिएपछि एक घन्टाभित्र आमाको दुध खुवाउनु पर्ने बताए । गर्भवती आमाको सुरुको दुध बच्चाका लागि अमृत समान हुने भन्दै उनले २ वर्षसम्म बच्चालाई दुध खुवाउन आग्रह गरे ।

पकडीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आमिरले भने-‘नेपालमा, हिन्दुस्तान पाकिस्तानमा कुपोषणको समस्या छ । यसका लागि हामी काम गर्ने प्रयास गरिरहेका छौं ।’

नेपाल कस्तो लाग्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने-नेपाल निकै सुन्दर लाग्यो । निकै राम्रो ठाउँ छ ।’

समाजसेवामा लाग्नुको कारणबारे सोधिएको प्रश्नमा उनले भने-‘मेरो मनले जे चाहन्छ, त्यो गर्छु । मलाई लाग्छ २५ वर्षसम्म मानिसहरुलाई मलाई जुन माया दिए, जुन सम्मान दिए । त्यसको म सही प्रयोग गर्न चाहन्छु । समाजका लागि काम गर्दा मलाई खुसी लाग्छ ।’

चर्चित अभिनेता आमिर आउने खबरले उनका सयौं समर्थक अघिपछि लागेका थिए । तर, सुरक्षाका कारण उनले समर्थकहरुलाई भने समय दिन सकेनन् । तर, उनलाई सुरक्षा दिन प्रहरीलाई हम्मेहम्मे परेका थियो ।

aamir-khan-herne-darsak

उनको सुरक्षामा सशस्त्र र जनपथ प्रहरी गरी झण्डै चार सय सुरक्षाकर्मी खटाइएको थियो । उनका ६ जना निजी सुरक्षागार्ड समेत भारतबाट आएका छन् ।

यूनिसेफको कार्यक्रममा सहभागी भएपछि आमिरले लुम्बिनी पुगेका उनले मायादेवी मन्दिरको दर्शन गरेका छन् ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment