Comments Add Comment

लगातार छैटौं बर्ष कतार एयरवेज मध्यपूर्वको उत्कृष्ट एयरलाइन्स

Qatar-Airways-Wins-Businessकतार एयरवेज यो बर्ष पनि मध्यपूर्वको उत्कृष्ट एयरलाइन्स बन्न सफल भएको छ ।
सन् २०१४को बिजनेस ट्राभलर एसिया प्यासिफिक अवार्ड यो बर्ष पनि कतार एयरवेजले पाएको छ । कतारले लागतार छैटौ बर्ष यो एवार्ड हात पारेको हो ।
बिजनेस ट्राभलर एसिया प्यासिफिक अवार्ड अन्र्तगत हरेक बर्ष ५०भन्दा बढि बिधामा अवार्ड प्रदान गरिन्छ । हङकङमा आयोजित कार्यक्रममा कतार एयरवेजका प्रतिनिधिलाई सो अवार्ड प्रदान गरियो ।
कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले आफ्नो एयरलाइन्सको पाँचतारे सेवाप्रति अझै प्रतिबद्ध रहन यो अवार्डले हौसला मिलेको बताए ।
कतार एयरवेजले नेपालबाट कतारको दोहासम्म सातामा २१ उडान गर्छ भने कतारबाट एसिया प्यासिफिक क्षेत्रका हङकङ र चीनमा सातामा ३८ उडान गर्छ ।
कतारको राष्ट्रिय ध्वजाबाहक कतार एयरवेजले १७ बर्षको अबधिमा उड्डयन क्षेत्रमा निकै प्रगति हाँसिल गरेको छ । हाल १३५ वटा जहाजमार्फत् संसारका करिव १४० गन्तब्यमा उडान गरिरहेको कतार एयरवेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment