Comments Add Comment

पशुपतिको गर्भगृहसम्म प्रवेश गर्न दिनु : सर्वोच्च

२२ असोज, काठमाडौं । सर्वोच्च अदालतले सम्भव भएसम्म भक्तजनहरूलाई पशुपति मन्दिरको गर्भगृहसम्म प्रवेश गराउन परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीको विशेष इजलासले जारी गरेको आदेशमा भनिएको छ-“मूर्ति रहेको क्षेत्रभित्र अर्थात सम्भव भए गर्भगृहसम्म प्रवेश दिन अविलम्ब जो चाहिने व्यवस्था गर्नु गराउनु भनी उत्प्रेषण एवं परमादेश जारी हुने ठहर्छ ।”

आदेशको कार्यान्वयन एकमहिनाभित्र गरी प्रतिवेदन पठाएर इजलास समक्ष पेस गर्न पनि सो आदेशमा उल्लेख छ ।

पशुपति मन्दिरका भट्ट वा भण्डारीले भक्तजनहरूलाई समस्या देखाएर पूजा प्रक्रियामा अवरोध गरेको भन्दै अधिवक्ताद्वय राजिव सिन्हा र बिनोद फुईयालले दुई वर्षअघि पशुपति क्षेत्र विकास कोषलगायत विरुद्ध छुटृाछुटृै रिट निवेदन दायर गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment