Comments Add Comment

जिउँदो बिरामीलाई मृत घोषणा गरेको भन्दै क्यान्सर अस्पतालमा तनाव

२२ असोज, भक्तपुर । जिउँदो बिरामीलाई अस्पतालले मृत घोषणा गरेको आरोप लगाउँदै बिरामीका आफन्तले विवाद सिर्जना गरेपछि बुधबार भक्तपुर क्यान्सर अस्पतालमा तनाब भएको छ ।

क्यान्सर अस्पतालले बिहान ७ बजे मृत घोषणा गरेका गोठाटार निवासी २१ वर्षीय अजय थापामगरको मृत्युको विषयलाई लिएर आफन्तले विवाद गरेपछि अस्पतालमा दिउँसो ३ बजेसम्म तनाब भएको थियो ।

कान्तिपुर अस्पतालले खराब खालको क्यान्सर भएको पुष्टि गरेर रिफर गरेपछि १३ दिनअघि अस्पतालमा ल्याइएको बिरामी अजयको बुधबार बिहान मृत्यु भएको थियो । मृत्यु भएपछि परिवारकै सहमतिमा बाहिर ल्याएर राखिएको दुई घण्टापछि मृतक थापामगरको शवको मुखमा फिज आएको भन्दै आफन्तले विवाद निकालेपछि अस्पतालमा तनाब भएको थियो ।

मृतकका आमा सानु थापामगरले अस्पतालको लापर्बाहीले छोराको ज्यान गएको आरोप लगाए ।

अस्पतालमा तनाब भएपछि आएका ५० भन्दा बढी प्रहरीले अस्पताललाई घेराबन्दीमा राखेका थिए । आफन्तले बिरामी जिउँदै रहेको हल्ला चलाएपछि बिरामीको पुनः परीक्षण गरिएको थियो । अस्पतालले पुनः परीक्षण गरेर इसिजीसमेत गर्दा पनि बिरामीको मृत्यु भएको पुष्टि भएको थियो ।

अस्पतालले पुनः मृत घोषणा गरेपछि मृतकमा बाबु रामशरण थापामगरले छोराको शब बुझेका थिए । शव बुझेपछि करिब ३ बजे स्थिति सामान्य भएको थियो ।

अस्पतालका मेडिकल डाईरेक्टर डा. प्रकाशराज न्यौपानेले खराब खालको रक्त क्यान्सर भएको बिरामीको उपचारकै क्रममा मत्यु भएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment