Comments Add Comment

उत्कृष्ट सूक्ष्मदर्शक यन्त्र बनाउने तीनलाई नोबेल रसायनशास्त्र पुरस्कार

२२ असोज, स्टकहोम । दुई अमेरिकी तथा एक जर्मन नागरिकलाई सन् २०१४ को नोबेल रसायनशास्त्र पुरस्कार प्रदान गरिएको छ ।

उच्चशक्तिशाली सूक्ष्मदर्शक यन्त्र -अल्ट्रा-पावरफुल माइक्रोस्कोप) को विकासका लागि आधार तयार गरी परमकोष -मोलिक्युल) को स्तरसम्म झिल्लीको अध्ययन गर्न अवसर दिएकामा उनीहरुलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । यस यन्त्रले रोगमा अनुसन्धान तथा औषधिको ढाँचा तयार गर्ने कार्यमा क्रान्ति ल्याइदिएको नोबेल पुरस्कार निर्णायक समितिले जानकारी दिएको छ ।

यसका लागि अमेरिकी नागरिक एरिक बेट्जिग र विलियम मर्नर तथा जर्मन नागरिक स्टेफन हेललाई उक्त पुरस्कार प्रदान गरिएको छ ।
समितिले उनीहरूको अभूतपूर्व कार्यले प्रकाशीय सुक्ष्मदर्शकयन्त्र -अप्टिकल माइस्क्रोस्कोप) बाट अणुलाई अर्बौँ भाग -न्यानो डाइमेन्सन)मा विभाजित गरी हेर्नसकिने बनाएको उल्लेख गरेको छ । समितिले हाल ‘न्यानोस्कोपी’लाई विश्वभर प्रयोग गरिएको र मानवका लागि उच्चतम फाइदका लागि नयाँ ज्ञान दैनिक रूपमा सिर्जना भइसकेको जनाएको छ ।

सन् १८७३ मा सूक्ष्मदर्शन वैज्ञानिक अन्स्र्ट आबेले कुनै पनि चित्रलाई एक मिटरको २०० अरबौँ भाग अर्थात २०० न्यानोमिटर भन्दा तल्लो तहमा गएर कहिल्यै हेर्न नसकिने दाबी गरेका थिए । यसलाई प्रकाश तरङ्गको आधा भागको रूपमा लिइन्छ । यी तीन वैज्ञानिकले छुट्टाछुट्टै रूपमा काम गरेर आबेको उक्त सीमालाई तोडिदिएका थिए ।

यसअघि कुनै पनि वस्तुलाई विभाजन गरी हेर्न सकिने सीमाका कारण कुनै पनि कोषले भित्री रूपमा कसरी काम गर्छ भनी कहिल्यै हेर्न नसकिने धारणा राखिएको थियो । उक्त सीमाले कोषले कसरी काम गर्छ, कसरी पुनरुत्पादन गर्छ र कसरी सङ्क्रमित हुन्छ भन्ने कुरा बुझ्न बाधा दिएको थियो ।

सन् १९९० मा हेलले गरेको अग्रणी अनुसन्धानले प्रकाशप्रदायक परमकोष -फ्लोरसेन्ट मोलिक्युल्स) लाई अन्ध्ययन गर्न सकिने नमुनामा राखिएको थियो ।

हेलले सन् २००९ मा बेलायती विज्ञान पत्रिका नेचरलाई आफूले गरेको काम केटाकेटीको जस्तो भए पनि सबैले असम्भव ठानेको उच्चरूपमा विभाजित -हाइ रेजलुसन) चित्र हेर्न आफूलाई निकै आनन्द आउने गरेको बताएका थिए ।

‘न्यानोस्कोपी’ को सबैभन्दा ठूलो फाइदा लिने क्षेत्र चिकित्साशास्त्र तथा जीवविज्ञान बनेको थियो । हाल वैज्ञानिकहरू एउटा जीवित कोषमा रहेका पृथक परमकोष र यसले मस्तिष्कमा स्नायुकोषबीच कसरी चेतनमार्ग -सिनाप्सिस) सिर्जना हुन्छ भन्ने कुरा हेर्नसक्ने बनेका छन् ।

निणर्ायक समितिले हाल वैज्ञानिक स्मृतिक्षमता ह्रास हुने रोग ‘पर्किन्सन्स, अल्जाइमर्स, हन्टिङटन डिजिजेज­’ का कारण बनेका प्रोटिन पत्ता लगाउनसक्ने र प्रजनन प्रक्रियामा गएका अण्डलाई गर्भमा विभाजन गरी त्यसका प्रोटिनसमेत हेर्नसक्ने बनेको उल्लेख गरेको छ ।

निर्णायक समितिले यी तीन वैज्ञानिकको अनुसन्धानले अथाह सम्भावना खोलेको र सैद्धान्तिक रूपमा कुनै पनि संरचना अध्ययन गर्न नसकिने गरी सानो नहुने बनाएको उल्लेख गरेको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment