Comments Add Comment

एउटै नम्बरका दुई मोटरसाईकल !

bike

निमुसंगम घर्ती

२३ असोज, दाङ ।  दाङमा प्रहरीले एउटै नम्बरका दुई वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय घोराहीले जाँच गर्ने क्रममा रा २ प ४९७८ नम्बरका दुई वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको हो ।

कागजपत्र बिनै चलाएको पाएपछि प्रहरीले मोटरसाईकललाई नियन्त्रणमा लिने क्रममा एउटै नम्बरका दुई वटा फेला परेको वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले जानकारी दिए ।

यस अघि पनि रा २ प ५५४२ नम्बरका दुई वटा मोटरसाईकल नियन्त्रणमा लिएको उनको भनाई छ । चोरीका मोटरसाईकल चलाउने र आफूखुसी नम्बर राख्दा पक्राउ पर्ने गरेको ठकुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment