Comments Add Comment

मापसे गरेर सवारी चलाउने एकसय १३ पक्राउ

२३ असोज, दाङ । दाङमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेहरुको संख्या निकै धेरै रहेको पाइएको छ । मादक पदार्थ सेवन गरेर गाडि चलाउदा दुर्घटना बढेपछि प्रहरीले जाँचको कार्यलाई बढाउदा अधिकांश चालकहरुले मादक पदार्थ सेवन गरेर गाडि चलाउने गरेको पाइएको हो ।

दसैंको अबधिमा दाङमा मादक पदार्थ सेवन गरेर सवारीका साधन चलाउने १ सय ३ जना कार्वाहीमा परेका छन् । असोज ९ देखि २१ गते सम्म मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने १ सय ३ जनालाई जनहि एक हजार रुपैयाँका दरले जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरेर गाडि चलाउदा दुर्घटना बढेपछि प्रहरी दसैंमा आधुनिक व्रेथ लाईजरबाट बिषेश जाँच अभियान थालेको थियो । मादक पदार्थ सेवन गरेर बस, जिप, ट्याक्टर, ट्रक र मोटरसाईकल चलाउने चालकलाई जरिवाना गर्दा एक लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक विरबहादुर थापाले जानकारी दिए ।

त्यस्तै लाईसेन्स र कागजपत्र विनै सवारी चलाउनेहरुलाई पनि कार्वाही गरिएको उनले बताए । दसैंको १३ दिनको अबधिमा जिल्लामा ७ वटा सवारी दुर्घटना हुदा ६ जनाको मृत्यु हुनुका साथै ९ जना घाईते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment