Comments Add Comment

प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा आजबाट सेवानिवृत्त हुने

damodar prasas sharma२३ असोज, काठमाडौं । प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा उमेर हदका कारण आजदेखि सेवा निवृत्त हुँदैछन् ।

शर्मा निवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश रामकुमारप्रसाद साहले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् ।

न्याय परिषद्ले वरिष्ठतम् न्यायाधीश साहसहित तीन न्यायाधीशको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाएकोमा सो समितिले यही असोज १४ गते संसदीय सुनुवाइ गरी साहको नाम अनुमोदन गरेको थियो ।

सो समितिले वरिष्ठतम् न्यायाधीशको नाम अनुमोदन गरेपछि संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्ने र राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment